राजनीति

सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छः लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।

उनले सभामुखले समेत संसदमा उठिसकेको प्रश्नको जवाफ दिन रुलिङ्ग गरिसकेको अवस्थामा सरकारले त्यसलाई नमानेर संसदको मर्यादा उल्लङ्घन गरिरहेको बताए।

उनले सरकारले जवाफ नदिए संसद अवरोधमा उत्रने चेतावनी समेत दिए।

उनले सरकार संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएर बाहिर पत्रकार सम्मेलन र अन्य कार्यक्रममा आफ्नो बचाउ गर्न खोजिरहेको उल्लेख गरे।

संसदमा दिनदिनै उपस्थित भएर हाजिरी गर्ने क्रम र परम्परालाई अन्त्य गर्नुपर्ने भन्दै सांसद लामिछानेले मिटरब्याज पीडितको समस्या समाधान, किसानका समस्या समाधान, आजियाटाको रिपोर्ट लगायतका विषयमा सरकारले तत्काल जवाफ दिनुपर्ने पनि बताए।

प्रकाशित: १४ फाल्गुन २०८० ११:३२ सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद रवी लामिछाने संसद