राजनीति

आज पनि एमालेद्वारा संसदमा अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि केहीबेरका लागि संसद अवरोध गरेको छ।

बिहान ११ बजेबाट सुरु भएको बैठकमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र केसीले बोल्न खोजेपछि एमालेले उठेर विरोध जनाएका छन्।

एमाले सांसदहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै विरोध जनाएका हुन्।

प्रकाशित: ११ फाल्गुन २०८० ११:४२ शुक्रबार

प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद अवरोध