राजनीति

७८ औँ स्थापना दिवस मनाउँदै काँग्रेस

नेपाली काँग्रेसले आज आफ्नो ७८ औं स्थापना दिवस मनाउँदै छ। भारतको कोलकत्तामा नेपाली काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।

स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।

आज दिउँसो २ बजे काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना हुँदैछ।

वीपी कोइरालाको पहलमा २००३ साल माघ १२ गतेसम्म कोलकत्ताको भवानीपुरमा युवाहरूको पहिलो भेला भएको थियो। त्यो भेलाले नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेको थियो। गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो।

प्रकाशित: १२ माघ २०८० ०४:३० शुक्रबार

नेपाली काँग्रेस ७८ औं स्थापना दिवस भारत कोलकत्ता अधिवेशन शेरबहादुर देउवा वीपी कोइराला