राजनीति

प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता सुरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ।

सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर पछि होटल याक एण्ड यतिमा दुई प्रधानमन्त्रीबीच भेटबार्ता सुरु भएको हो।
उनीहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल हुने जनाइएको छ। भेटवार्ता सकिएलगत्तै रात्रिभोज सुरु हुनेछ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ १२:४४ सोमबार

प्रधानमन्त्री ओली अब्बासीबीच भेटवार्ता सुरु