राजनीति

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्चमा ‘गार्ड अफ अनर’

काठमाडौं- दुई दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकाना अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा सरकारले ‘गार्ड अफ अनर’ दिने भएको छ। अब्बासीलाई सोमबार नेपाल आउँदैछन्।  

विशिष्ट पाहुनालाई विमानस्थलमा नै ‘गार्ड अफ अनर’ दिने परम्परा भएता पनि सरकारले अब्बासीलाई सैनिक मञ्चमा सम्मान दिन लागेको हो। अब्बासी विमानस्थलबाट सिधै टुँडीखेलमा आउनेछन्। टुँडीखेलमा उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन्।

अब्बासीले सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार नै बधाई दिने कार्यक्रम छ। उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन्। प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।  भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ। पाकिस्तानी प्रधानमन्त्रीको स्वागतका लागि उपत्यकाको सकडमा दुई देशको झण्डा फहराउने, स्वागतद्वार निर्माण लगायतको तयारी भइरहेको छ।

 

प्रकाशित: २० फाल्गुन २०७४ १३:२८ आइतबार

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्चमा गार्ड अफ अनर