राजनीति

गृहमन्त्री थापाद्वारा अनुसन्धान विभागको निरीक्षण

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताएका  छन्।

विभागको शनिबार (आज) निरीक्षण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्राप्त गरेको उपलब्धिको रक्षा एवं सुदृढीकरण गर्ने मूल जिम्मेवारी पनि निर्वाह गर्न अनुरोध गरे।

विभागबाट प्रवाह हुने सूचना प्रणालीलाई थप चुस्त र दुरुस्त बनाउन कार्ययोजना निर्माण गरी सामूहिक रुपमा अघि बढ्न आवश्यक रहेकामा गृहमन्त्री थापाले जोड दिएको विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ।

विभागका कर्मचारीलाई उच्च मनोबलका साथ कामप्रति उत्पे्ररित गर्न तालीम, सीप र ज्ञान प्रदान गरिनुपर्ने, विभागलाई पुनःसंगठित र साधन सम्पन्न बनाउन जरुरी रहेको उनकोे भनाइ थियो।

सो अवसरमा गृहसचिव मोहनकृष्ण सापकोटाको पनि उपस्थिति थियो। सो अवसरमा विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले हालसम्म सम्पादन भइरहेका काम कारबाही, भावी योजनाका विषयमा जानकारी गराएका थिए।   (रासस)

प्रकाशित: १९ फाल्गुन २०७४ ०९:४६ शनिबार

गृहमन्त्री थापाद्वारा अनुसन्धान विभागको निरीक्षण