काठमाडौं- विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ। वोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ। उनलाई ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना समेत विशेष अदालतले तोकेको छ।
लेखा शाखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजायँ सुनाएको छ। उनलाई ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवार तोकिएको छ। वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गर्दै एक लाख ५४ हजार बिगो तिराउने फैसला गरेको हो।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलाई यस्तो फैसला सुनाएको हो। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले २३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। बोर्डका पदाधिकारी र कर्मचारीहरुले १ अर्ब ३९ करोड ५० लाख ५३ हजार ७ सय ५० रुपैँयाँ हानी गरेको अख्तियारको आरोप थियो।
प्रकाशित: १० फाल्गुन २०७४ ११:५७ बिहीबार