राजनीति

बालुवाटार सर्दै प्रधानमन्त्री ओली

काठमाडौ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्री निवास बालुवाटार सर्ने भएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री  बालुवाटार सर्ने कार्यक्रम रहेको छ ।

बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकारी बालुवाटार छोडेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले  बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन् ।

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:५६ आइतबार

बालुवाटार सर्दै प्रधानमन्त्री ओली