राजनीति

माओवादी संसदीय दलको नेतामा दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ।

आइतबार (आज) बसेको संसदीय दलको बैठकले दाहाललाई संसदीय दलको नेतामा चयन गरेको हो। बैठकले पार्टीका समानुपातिक तर्फ विजयी सांसदलाई प्रमाणपत्र समेत वितरण गरेको छ । त्यस्तै बैठकमा पार्टी एकता तथा आगामी रणनीतिबारे छलफल भएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए।

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:३८ आइतबार

माओवादी संसदीय दलको नेतामा दाहाल