राजनीति

राष्ट्रिय सभा निर्वाचनमा जनमतले उम्मेदवारी दिन्छ: अध्यक्ष राउत

राष्ट्रिय सभा निर्वाचनमा सता गठबन्धनबाट आफ्नो भागमा एक सिट पनि नपरेपछि जनमत पार्टीले छुटै उम्मेदवारी दिने भएको छ।

अध्यक्ष सिके राउतले राष्ट्रिय सभा निर्वाचनमा  जनमत पार्टीले छुटै उम्मेदवारी दिने बताए। रफत सञ्चार क्लब सूर्यविनायक भक्तपुरमा सोमबार भएको साक्षात्कार कार्यक्रममा अध्यक्ष राउतले मधेस र लुम्बिनी प्रदेशबाट एक-एकजना गरी दुई जनाले उम्मेदवारी दिने जानकारी गराए।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदै छ।

प्रकाशित: २३ पुस २०८० ०९:२५ सोमबार

अध्यक्ष सिके राउत जनमत पार्टी