राजनीति

सरकारको नेतृत्व आलोपालो गर्ने एमाले निर्णय

काठमाडौं- नेकपा एमाले आकस्मिक स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने निर्णय गरेको छ। पार्टी एकता र सरकार निर्माणबारे निर्णय लिन बसेको एमाले बैठकले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने समेत निर्णय गरेको एमाले उप-महासचिव घनश्याम भुसालले बताए।

अन्य प्राविधिक विषयबारे निर्णय लिन कार्यदल बनाउने निर्णय समेत एमालेले गरेको छ। एमाले अध्यक्ष केपी ओलीले छलफलको लागि भन्दै आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए।

एमाले अध्यक्ष केपी र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सकिए लगत्तै ललितपुरको मानभवन स्थित शारदा अधिकारीको घरमा एमाले स्थायी कमिटी बैठक बोलाइएको थियो।

प्रकाशित: २ फाल्गुन २०७४ १०:४८ बुधबार

सरकारको नेतृत्व आलोपालो गर्ने एमाले निर्णय