राजनीति

ओलीले बोलाए आकस्मिक स्थायी कमिटीको बैठक

काठमाडौं- नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले छलफल गरिरहेकै ललितपुरको मानभवन स्थित शारदा अधिकारीको घरमा स्थायी कमिटी सदस्यहरुलाई बोलाइएको छ।

ओली र दाहालबीच पार्टी एकताको विषयमा बिहानदेखि ‘वान अन वान’ छलफल चलिरहेकै बेलामा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्। पार्टी एकताको विषयमा दाहालसँग भएको सहमतिको बिषयमा पार्टी कमिटीलाई ब्रिफ गर्न ओलीले आकस्मिकरुपमा बैठक बोलाएका हुन्।

दुई नेताको छलफल पछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि त्यो भन्दा पहिला ओलीले पार्टी नेताहरुसँग छलफल गर्न लागेका हुन्।

प्रकाशित: २ फाल्गुन २०७४ ०८:३८ बुधबार

ओलीले बोलाए आकस्मिक स्थायी कमिटीको बैठक