राजनीति

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

भारतीय विशेमन्त्री स्वराज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा। तस्बिर: दिपेन्द्र रोक्का

काठमाडौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्।

स्वराजका साथमा भारतका नवनियुक्त विदेशसचिव विजय केशव गोखले, मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली नेपाल आएको छ।

विमानस्थलबाट विदेशमन्त्री स्वराज सिधै होटल सोल्टी प्रस्थान गरेकी छन्। त्यहाँ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटघाटको सुरुवात गर्नेछिन्।

नेपालमा रहँदा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछिन्।

प्रकाशित: १८ माघ २०७४ १०:१५ बिहीबार

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा