राजनीति

सुष्मा स्वराज एयरपोर्टबाट सिधै सोल्टी

फाइल फोटो

काठमाडौँ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउँदै छिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न नेपाल आउन  लागेकी हुन् ।

दुई दिने शुद्ध राजनीतिक भेटघाटका लागि नेपाल आउन लागेकी उनी नेपाली समय अनुसार अपराह्न ३ः३० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएकी हुन्। 

एयरपोर्टपछि उनी सिधै होटल सोल्टी जाने र त्यही नै राजनीतिक भेटघाट गर्ने श्रोतले जनाएको छ। 

स्वराजले दुर्इ दिने भ्रमणामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछिन्।

प्रकाशित: १८ माघ २०७४ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App