राजनीति

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

फाइल फाेटाे

काठमाडौँ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित आज नेपाल आउँदै छिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन  लागेकी हुन् ।

नेपालको दुईदिने शुद्ध राजनीतिक भ्रमणमा आउन लागेकी स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछिन्।

‘निर्वाचन परिणाम आएपछि भारतका प्रधानमन्त्रीले नेपालका भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीलाई बधाई दिन फोन गरेका थिए । कुराकानीका सिलसिलामा मोदीले प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्न ओलीलाई आग्रह गरेका थिए,’ उच्च स्रोतले भन्यो, ‘फोनमा ओलीले पनि आफूले भारतबाटै विदेश भ्रमण सुरु गर्ने प्रतिबद्धता जनाएपछि मोदीले विदेशमन्त्री स्वराजलाई थप वातावरण बनाउन काठमाडौं पठाउने निर्णय गरेका हुन्।’
 

प्रकाशित: १८ माघ २०७४ ०३:०० बिहीबार

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै