राजनीति

जसपाको मधेस प्रदेशमा विवाद, केन्द्रीय अध्यक्षलाई पुनर्गठन गर्ने अधिकार

जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेश समितिमा विवाद बढ्दै गए पछि मधेस प्रदेश समितिको पुनर्गठन हुने भएको छ।

मधेस प्रदेश समितिलाई पुनर्गठन गर्ने अधिकार पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ।

जसपा मधेस प्रदेशको शुक्रबार बसेको बैठकले पुनर्गठन गर्ने अधिकार केन्द्रीय अध्यक्ष यादवलाई दिएको पार्टीका कार्यकारिणी समितिका सदस्य मृगेन्द्र सिंह यादवले बताए। मधेस प्रदेश समितिको बैठकमा केन्द्रीय अध्यक्ष लगायतका नेताहरूलाई बोलाइएको थियो।

जसपाका मधेस प्रदेशका रामप्रित पासवान, जितेन्द्र यादव लगायतका नेताहरूले मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवको कार्यशैलीको चर्को विरोध गर्दै आएका छन्। रामबाबुलाई मधेस प्रदेशको अध्यक्षबाट हटाउन उनीहरूले केन्द्रीय नेतृत्वसँग माग राख्दै आएका छन्।

प्रकाशित: ६ पुस २०८० १३:२० शुक्रबार

जनता समाजवादी पार्टी (जसपा)