नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अन्तर्घात भन्ने रोग रहेको बताएका छन्। आज जनकपुरमा कांग्रेस मधेस प्रदेश सम्मेलनको सम्बोधन गर्दै देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग जनकपुरबाटै अन्त्य गर्नुपर्ने बताए।
सभापति देउवाले अहिले नेपाली कांग्रेस सबै भन्दा ठुलो पार्टी रहेको भन्दै भोलि दिनमा पनि यस्तै भूमिका लिन पार्टी भित्र रहेको अन्तर्घात रोगबाट मुक्त गराएर पार्टीलाई सशक्त बनाउनुपर्ने धारणा राखे।
‘समानुपातिक र समावेशी निर्वाचन प्रणाली भएकाले बहुमत आउन गाह्रो छ।’ उनले भने, ‘अहिले कांग्रेस ठूलो पार्टी भए जस्तै भोलिका दिनमा अन्तर्घात नगरी ठूलो पार्टी बनाउने अभियान मधेस प्रदेशबाटै सुरु गर्नु आवश्यक छ।’
प्रकाशित: ५ पुस २०८० १३:०० बिहीबार