राजनीति

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी (भिडियो)

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी परेको छ। ललितपुरमा मंगलबार सम्पन्न मनोनयनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपाले उम्मेदवारी दिएको निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीले जानकारी दिए।

 उनका अनुसार महिलातर्फ ६, अन्य समूहतर्फ ५, दलिततर्फ ३ र अपाङ्गतर्फ ३ जनाको उम्मेदवारी परेको छ। महिलातर्फ कांग्रेस १, एमाले २, माओवादी केन्द्र १, राप्रपा १ र नेमकिपाको १ उम्मेदवारी परेको छ। अन्यतर्फ कांग्रेस १, एमाले २, माओवादी १ र नेमकिपा १ उम्मेदवार रहेका छन्। दलिततर्फ कांग्रेस, एमाले र नेमकिपाको समान १–१ उम्मेदवार छन्। अपाङ्ग कोटामा पनि कांग्रेस, एमाले र नेमकिपाको समान १–१ उम्मेदवारी परेको छ।

भिडियो: दिपेन्द्र रोक्का

 

प्रकाशित: १० माघ २०७४ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App