राजनीति

ओली बैंककतर्फ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंककतर्फ उडेका छन् । उनी दिउँसो १ः ५५ मा थाई एयरवेजबाट बैंककतर्फ प्रस्थान गरेका हुन् ।

टोलीमा ओली सहित श्रीमती राधिका शाक्यसहित भतिजा राजेश शाक्य, चिकित्सकहरु डा. दीव्या सिंह र यादव भट्ट र स्वकीय सचिव राजेश बज्राचार्य छन्। मिर्गौला प्रत्यारोपण पछि ओली नियमित स्वास्थ्य परीक्षणको लागि बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउँदै आएका छन् । उनी माघ २ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित: २६ पुस २०७४ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App