राजनीति

बजेट कटौती भएको भन्दै प्रदेश सभामा एमाले र राप्रपाको विरोध

सोधेरै कटौती गरेको मुख्यमन्त्री कार्कीको दाबी

सांसदले राखेका योजनाको बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाका सांसदले विरोध गरेका छन्। 

सोमबारको प्रदेश सभाको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदले उठेर बजेट कटौतीको विरोध गरेका हुन्।

एमाले र राप्रपाका सांसद उठेर विरोध गरेपछि सभामुख इस्राइल मन्सुरीले एमाले संसदीय दलका उपनेता राम बहादुर रानालाई बोल्ने समय दिएका थिए। एमालेका उपनेता रामबहादुर रानाले प्रदेशसभालाई सम्बोधन गर्दै सांसदका योजना मुख्यमन्त्रीले कटौती गरेका कारण बजेट पास गर्नुपर्ने बाध्यता नरहेको बताए। उपनेता रानाले भने ‘सांसदकै योजना काटिए पछि बजेट पास गर्नुपर्ने बाध्यता के? बजेट फेल गर्दा के फरक पर्छ?’ रानाले बजेट फेल भए सरकार नै संकटमा पर्ने स्पष्ट पारे। रानाले भने‘ बजेट फेल भए सरकार नै संकटमा पर्छ भन्ने हेक्का होस्।’

संसद्लाई सम्बोधन गर्दै  मुख्यमन्त्री केदार कार्कीले २५ करोड भन्दा कमका योजना कटौटी गर्दा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत सोधेको दाबी गरे। ‘२५ करोड मुनिका योजना कटौती गर्दा पूर्व मुख्यमन्त्रीलाई सोधेरै गरेको हुँ’ कार्कीले भने ‘ पूर्व मुख्यमन्त्रीज्यूले मैले सकिन तपाई गर्नुहोस् भनेपछि मैले कटौती गरेको हुँ।’ मुख्यमन्त्री कार्कीले आगामी वर्ष देखि योजना बैंक मार्फत आएका योजना मात्रै छनोट गर्ने परिपार्टीको विकास गर्ने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे। 

प्रकाशित: १२ मंसिर २०८० १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App