राजनीति

भक्तपुर-१ मा प्रेम सुवालले मतअन्तर फराकिलो पारे

भक्तपुर—सुरुवाती अवस्थामा तेश्रो स्थानमा खुम्चिएको भक्तपुर क्षेत्र न १ का नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले मतअन्तरलाई फराकिलो पार्दै लगेका छन्। पार्टीका उम्मेदबार प्रेम सुवालले दिउँसो साढे दुई बजेसम्म १६ हजार ९८ मत पाएका छन्।

उनलाई नेपाली काँग्रेसका बाबुराजा जोशीले १० हजार ९ सय ५९ मत ल्याई पछ्याइरहेका छन्। माओवादी केन्द्रका मिलन सुवाल ९ हजार दुई सय ५२ मतका साथ तेश्रो स्थानमा छन्।

हालसम्म ४१ हजार १२ मत गनिसकेको छ। यहाँ भक्तपुर नगरपालिका क्षेत्रबाट ३९ हजार दुई सय ३२ र चाँगुनारायण नगरपालिका क्षेत्रबाट ३२ हजार सात सय ४० मत खसेको थियो।

प्रकाशित: २४ मंसिर २०७४ ०९:२३ आइतबार

भक्तपुर-१ प्रेम सुवालले मतअन्तर फराकिलो पारे