राजनीति

सिन्धुली-२ बाट माअाेवादी नेता गजुरेल विजयी

सिन्धुली—बाम गठबन्धनको तर्फबाट सिन्धुली-२ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार हरिबोल गजुरेल विजयी भएका छन्। उनले ३० हजार १७९ मत पाए।

गजुरेल सिन्धुलीबाट दोस्रो पटक विजयी भएका हुन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत पाए। योसँगै सिन्धुलीका प्रतिनिधि सभाका दुवै क्षेत्र वाम गठबन्धनले जितेको छ।

 


 

प्रकाशित: २४ मंसिर २०७४ ००:५४ आइतबार

सिन्धुली-२ माअाेवादी नेता गजुरेल