राजनीति

जाजरकोट प्रदेससभाका वाम गठबन्धनका उम्मेदवार विजयी

जाजरकोट– मंसिर १० गते पहिलो चरणमा भएको प्रदेश सभाको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार जाजरकोटका दुवै क्षेत्रमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको  कार्यालयका अनुसार प्रदेश ख मा  एमालेका  करवीर शाहीले गणनामा खसेको कूल सदर मत २६ हजार २ सय मध्य १५ हजार १ सय  ८५ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपकजंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गरेका छन्  ।  उनीहरुबीचको मतान्तर ४ हजार  ८ सय २५ रहेको छ ।
त्यस्तै  प्रदेश क मा पनि वाम गठवन्धनकै तर्फवाट माओवादी केन्द्रका गणेशप्रसाद सिंहले कुल सदर मत ३० हजार ४ सय ३८ मतमध्ये १६ हजार ९ सय ११ मत प्राप्त गरी विजयी भएका छन् । उनको औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी रहेको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका वेदराजसिंहले १२ हजार ८ सय ७८  मत प्राप्त गरेका छन् । उनीहरुबीच ४ हजार ३३ मतको अन्तर रहेको छ । त्यस्तै प्रतिनिधि सभामा पनि वाम गठवन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता  शक्तिवहादुर वस्नेतले २१ हजार ९५ मतका साथ अग्रता लिइरहेका छन् ।
उनलाई नेपाली कांग्रेसका राजीवविक्रम शाहले १३ हजार ९ सय ३० मतले पछयाइरहेका छन् । उनीहरुबीच ६ हजार २ सय  ७७ मतको फरक रहेको छ ।

प्रकाशित: २३ मंसिर २०७४ ०३:२२ शनिबार

जाजरकोट प्रदेससभाका वाम गठबन्धनका उम्मेदवार