राजनीति

धादिङ प्रदेशसभा २ 'ख' मा माओवादी केन्द्रका जगत सिंम्खडा विजयी

धादिङ- धादिङ क्षेत्र नम्बर २ को प्रदेशसभा 'ख' मा माओवादी केन्द्रका जगत सिंम्खडा विजयी भएका छन्। सिंम्खडाले १७ हजार ६ सय ५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो । सिंम्खडाको मतान्तर १खहजार ८ सय ३१ रहेको छ । यो मतपरिणामलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ।

प्रकाशित: २२ मंसिर २०७४ १४:१५ शुक्रबार

धादिङ प्रदेशसभा माओवादी केन्द्रका जगत सिंम्खडा