राजनीति

दार्चुलामा मतगणना सुरु

दार्चुला - पहिलो चरणमा मंसिर १० गते  प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मतदानको दार्चुलामा मतगणना सुरु भएको छ। निजामती कर्मचारी आवास नयां भवनमा मतगणना  सुरु भएको हो। एक मात्र प्रतिनिधि सभा र दुई प्रदेशसभा क्षेत्र रहेको दार्चुलामा एकै पटक दुवै तर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । चार स्थानमा  गणना सुरु भएको मतगणना  स्थलमा सीसीटिभी  क्यामेरा जडान का साथै तारजाली व्यवस्थापन गरिएको छ । प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतगणना दुई कोठामा  र प्रदेश सभा क र ख दुवैको मतगणना दुई  अलग अलग कोठामा   मतगणना कार्यलाई व्यवस्थित, पारदर्शिता र धाधली रहित बनाउन मतगणना स्थलमा सीसी क्यामरा र तारजाली समेत राखिएको हो । त्यसैगरी मतगणना स्थलमा निरन्तर विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर दुईवटा फरकफरक विद्युत  लाइन जडान गरिएको र जेनेरेटरको समेत व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  मतगणना स्थलमा कडा सुरुक्षा व्यवस्था तथा सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी  जनार्दन गौतमले बताए । मतगणना स्थलमा मोवाईल फोन तथा विद्युतीय उपकरण समेत निषेध गरिएको  छ ।

मतगणना स्थलमा  मूख्य निर्वाचन अधिकृतको नेतृत्वमा ४  जना मतगणना अधिकृतहरुले मतगणना गर्ने तयारी गरिएको छ  ।  चार  कोठामा १ जना मतगणना अधिकृत, १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटरसहित अन्य ३ जना कर्मचारी र एक जना कार्यालय सहयोगी मतगणना स्थलमा रहने व्यवस्था मिलाइएको नेपालले बताए  । राजनीतिक दलहरुका तर्फबाट प्रत्येक उम्मेदवारको एक जना प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गराइएको   र मतगणना गर्ने कर्मचारीले आलोपालो गरी मतगणनालाई  २४ सै घण्टा जारी राखीने  र  राजनीतिक दलका प्रतिनिधिहरुलाई पनि  सिफ्ट परिवर्तन गर्न सकिने  व्यवस्था गरिएको छ । मततगणना  स्थल परिषर भित्रै मिडिया सेन्टरको समेत स्थापना गरीएको छ।

प्रकाशित: २१ मंसिर २०७४ १२:०६ बिहीबार

दार्चुलामा मतगणना सुरु