राजनीति

इलाममा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

इलाम—इलाममा बिहान ११ बजेसम्ममा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका २ सय ६६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भइरहेको जानकारी आएको कार्यालयका सूचना अधिकारी जगदीश भट्टराईले बताए।

‘मतदान अधिकृतहरूले ११ बजेसम्ममा एसएमएस सिस्टममा दिएको जानकारी अनुसार ३० प्रतिशत मत खसिसकेको छ,’ भट्टराईले भने, ‘तर, सबै मतदान केन्द्रमा फोन सम्पर्क हुन नसक्ने भएकाले ठ्याक्कै यति नै भन्न चाहिँ अलि भरेसम्म कुर्नुपर्छ।’

जिल्लामा मध्याह्नसम्म कुनै अप्रिय घटना सुन्नु नपरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए।

प्रकाशित: २१ मंसिर २०७४ ०६:२३ बिहीबार

इलाममा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो