राजनीति

गगन आक्रमणको ३ घन्टा भित्र ३० जना नियन्त्रणमा


काठमाडौ– काठमाडौ–४ का कांग्रेस उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट तीन घन्टामै ३० जनालाई  गिरफ्तार गरेको छ । 
महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बुढानिलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिए । 
चुनावी प्रचार अभियानमा रहेका थापालाइ लक्षित गरी सोमवार अपरान्ह बुढानिलकण्ठ नगरपालिका- २ चपलीको माटोकोलोनीमा बम आक्रमण भएको थियो । यो आक्रमणमा थापा सहित उनका दश जना सहयोगी घाइते भएका छन् । घाइतेमध्ये दुइजनाको अवस्था गंभिर छ । टाउकोमा चोट लागेका थापा उपचारपछि डिस्चार्ज भएका छन् । 

 

प्रकाशित: १८ मंसिर २०७४ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App