राजनीति

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

आजको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए। 

प्रकाशित: १६ कार्तिक २०८० ०६:१२ बिहीबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय