राजनीति

दुई गठबन्धनको सहमतिपछि लागार्चेमा मतदान सुरु

चौतारा- सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत लागार्चे मतदान केन्द्रमा मतदान सुरु गर्न सहमति जुटेको छ। सहमतिपछि अबको केहीबेरमा मतदान सुरु हुने सिन्धुपाल्चोकका प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए।

बाम र लोकतान्त्रिक गठबन्धनबीच विवाद हुँदा मतदान सुरु हुन सकेको थिएन। शनिबार राति दुई गठबन्धनबीच झडप भएको विषयलाई लिएर विवाद उत्पन्न हुँदै आएको थियो।

उक्त झडपमा लोकतान्त्रिक गठबन्धनका केही कार्यकर्ता घाइते भएका थिए। जिल्लाको अन्य स्थानमा भने मतदान शान्तपूर्णरुपमा भइरहेको छ।

 

प्रकाशित: १० मंसिर २०७४ ०३:४४ आइतबार

दुई गठबन्धनको सहमतिपछि लागार्चेमा मतदान सुरु