राजनीति

रसुवामा नमुना मतदान

रसुवा– निर्वाचन आउन ५ दिन बाँकी रहँदा रसुवामा नमुना मतदान गराइएको छ। बदर मत घटाउनका लागि जिल्लाको तीन स्थानमा नमुना मतदान गरिएको हो।

जिल्लाको दुर्गम स्थानमा पुगि मतदाताहरुसँग मतदान गर्ने प्रकृयाबारे जानकारी दिने उद्देश्यले जिल्लाको राम्चे, स्याफ्रु र चिलिमेमा मंगलबार नमुना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।

निर्वाचन आयोगले आयोजना गरेको नमुना मतदान कार्यक्रममा चुनावको दिन मतदाताले मतदान गर्ने तरिका, स्वस्तिक छापको समुचित प्रयोग, मतदान प्रक्रियाका बारेमा जानकारी गराईएको जिल्ला निर्वाचन अधिकारी नबिन खालिङले बताए।

निर्वाचनका लागि खटाइएका मतदाता शिक्षा कार्यकर्ताको पनि सही तरिकाले मतदान गर्ने तरिका सिकाउने भएकाले मत बदर घट्ने कार्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७४ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App