राजनीति

गोलाप्रथाबाट अधिकृतको मतदान केन्द्र ताेकिने

नुवाकोट, कात्तिक २९ – मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गोलाप्रथा गरेर केन्द्र तोकिएको छ । नुवाकोटमा खटिएका दुई सय ६० जना मतदान अधिकृत र यत्तिनै संख्यामा सहायक अधिकृत गोलाप्रथा मार्फत छनोट गरिएको हो ।

‘१ सय २९ मतदानस्थलमा खटाउनको लागि २ सय ६० मतदान केन्द्रमा निर्वाचन गराउनको लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत एक÷एक जना र कार्यालय सहायक दुई÷दुई जना र मतदाता संख्याको आधारमा कम्तिमा दुई जनादेखि बढीमा चार जनासम्म कार्यालय सहयोगीको रुपमा कर्मचारी परिचालन गर्न लागिएको छ,’ निर्वाचन अधिकृतको कार्यालयका यज्ञ पुरीले भने ।

जिल्लामा कायम रहेका मतदानस्थलहरुमध्ये ५४ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रमा सूचीकृत गरेर सुरक्षा व्यवस्था उच्च बनाउन लागिएको उनले बताएका छन् ।

प्रकाशित: २९ कार्तिक २०७४ ११:१८ बुधबार

गोलाप्रथाबाट अधिकृतको मतदान केन्द्र ताेकिने