कोशीको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद केदार कार्कीले दाबी पेस गरेका छन्।
कार्कीलाई एमालेका सांसदहरुले समर्थन गरेका छन्। बिहीवार कर्कीले एमालेका ३९ र काँग्रेसका ८ जना सांसदको समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका हुन्।
यस्तै नेकपा माओवादीका इन्द्र बहादुर आङ्बोले पनि गठबन्धन दलको समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका छन्।
प्रकाशित: २५ आश्विन २०८० १२:५३ बिहीबार