राजनीति

धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ: सांसद केसी

फाइल तस्बिर

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताएका हुन। उनले समाजमा नियोजित रुपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति सतर्क  र गम्भीर हुनुपर्ने बताए।

उनले भड्काउन अभिव्यक्तिलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड लिए। सांसद केसीले कसैबाट उचालिएर द्वन्द्व चर्किएमा देशमा असङ्गठित विद्रोह र अराजकताको स्थिति आउने बताए।

प्रकाशित: १९ आश्विन २०८० ११:२९ शुक्रबार

धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ: सांसद केसी