राजनीति

तेस्रो वरीयताका रेग्मी बने मुख्यसचिव

काठमाडौं- सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र दोस्रोमा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाउँदै गृहसचिव रेग्मीलाई मुख्यसचिवमा बढुवा गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका ङइन्द्रप्रसाद उपाध्याय र दोस्रोमा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाउँदै लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा बढुवा गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण मंगलबार अवकाश पाउने भएपछि रिक्त हुने मुख्यसचिवमा रेग्मीलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । गत असार २९ गते मुख्यसचिव बनेका राजेन्द्रकिशोर क्षेत्री ५८ वर्षे उमेरहदका कारण ३ महिना १० दिनको कार्यकालपछि अवकाश पाएसँगै रेग्मी नेपालको २४औं मुख्यसचिव बनेका हुन् ।
मुख्यसचिवमा नियुक्त भएका रेग्मीभन्दा उपाध्याय र अधिकारी कार्यसम्पादनका हिसाबले पनि अघि थिए । पहिलो वरीयतामा रहेका सचिव उपाध्याय कूटनीति, अर्थशास्त्र र वाणिज्यमा विशेष दक्खल भएका हक्की स्वभावका हुन्् । अधिकारी भद्र र अध्ययनशील मानिए पनि सधैं शक्तिकेन्द्रसँग नजिक भएर फाइदा लिन सक्ने क्षमता भएका रेग्मी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको जोडबलमा मुख्यसचिव बन्न सफल भएका हुन् ।
नेतालाई रिझाउन सकेकै कारण रेग्मी एमाले, माओवादी र कांग्रेस नेतृत्वका गरी तीनवटै सरकारमा अर्थ र गृहजस्ता महŒवपूर्ण मन्त्रालयमा आफूलाई टिकाउन सफल भएका थिए । उनीमाथि शक्तिकेन्द्रसँग नजिकिएर फाइदा लिने, समूहमा मिलेर काम गर्न नसक्ने र अडानमा बस्न नसकेको आरोप छ ।
रेग्मी मुख्य सचिव बनेसँगै सचिवद्वय उपाध्याय र अधिकारीले २०७५ साउन ६ गते सचिवका रुपमा ५ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनेछन् ।
को हुन् रेग्मी ?
स्याङजा स्थायी घर भएका ५१ वर्षीय रेग्मीले जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । निजामती सेवामा २३ वर्ष बिताएका रेग्मीले आफ्नो करिअरको अधिकांश समय कर, राजस्वजस्ता प्रभावशाली अड्डामै बिताए । सचिव भएपछि पनि उनी अर्थ, गृहजस्ता प्रभावशाली मन्त्रालयमा टिकिरहे ।
जुन दल सत्तामा आयो उसैको हुन सक्ने क्षमता भएका रेग्मीलाई सर्वदलीय प्रशासक पनि भनिन्छ । माओवादी नेता वर्षमान पुनको जोडबलमा वरिष्ठलाई उछिन्दै सचिवमा बढुवा भएका रेग्मी तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई प्रभावमा पारेर अर्थसचिव बन्न सफल भएका थिए । पछि पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिलाई रिझाएर गृहसचिव बन्न सफल भए । रेग्मीले नै नवराज सिलवाललाई प्रहरी महानिरीक्षक बन्न नदिन ठूलो भूमिका निर्वाह गरे जसकारण प्रधानमन्त्री देउवा र उनकी पत्नी राणाको विश्वास उनीमाथि झनै बढ्यो । पछि सिलवालले डिआइजी पदबाट राजीनामा दिएको फाइल पनि उनले लुकाइदिएका थिए ।
देउवा प्रधानमन्त्री भएपछि थुप्रै सचिवको हेरफेर भयो तर तत्कालीन गृहमन्त्री जनार्दन शर्मालाई समेत रिझाएर रेग्मी गृहमै टिकिरहे । अर्थ मन्त्रालयमा रहँदा सधैं पाँचतारे होटलबाट खाजा, खाना मगाएर खाने र मन्त्रालयमा बिल पेस गर्ने गरेर विवादमा आएका रेग्मी गृहसचिव हुँदा आफ्ना पितालाई सुप्रबल जनसेवा श्री पदक दिलाएपछि विवादमा आएका थिए ।
रेग्मीलाई नै मुख्यसचिव बनाउने प्रधानमन्त्री देउवा र उनकी पत्नीको चाहनास्वरुप यसअघिका मुख्यसचिव सोमलाल सुवेदीले राजीनामा दिएर एसियाली विकास बैंक जाँदा वरिष्ठ सचिव धनबहादुर तामाङलाई मुख्य सचिव बनाउनुपर्ने र उनलाई बनाउँदा रेग्मीको पालो नआउनेजस्तो भएपछि तामाङले अवकाश नलिन्जेल सुवेदीको राजीनामा स्वीकृति रोकेर राखिएको थियो । तामाङले अवकाश पाएपछि राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिव बनाइएको थियो । क्षेत्री मुख्यसचिव बनेपछि त्यसबीचमै शान्तबहादुर श्रेष्ठ र शान्तराज सुवेदी सचिवको ५ वर्षे अवधि पूरा गरेर अवकाश पाए । त्यसपछि रेग्मीलाई मुख्यसचिव बनाउन सहज भएको हो ।
सचिवहरुको सरुवा
मुख्यसचिवको नियुक्तिसँगै सरकारले केही सचिवको सरुवा गरेको छ । मुख्यसचिवको प्रतिस्पर्धामा एक नम्बरमा रहेका ङइन्द्रप्रसाद उपाध्यायलाई प्रधानमन्त्री कार्यालयबाट लोकसेवा आयोगमा सरुवा गरिएको छ । त्यसैगरी मुख्यसचिवको प्रतिस्पर्धामा दोस्रो नम्बरमा रहेका शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरेको छ । त्यसैगरी रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन, मधु रेग्मीलाई शिक्षा, युवकध्वज जिसीलाई वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App