राजनीति

समाजवादको सन्देश प्रवाह गरौं : अध्यक्ष दाहाल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गरेका छन् । 
केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई बिहीबार निवास लाजिम्पाटमा शुभकामना दिँदै उनले आगामी निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गरे । दुई दलबीच गत असोज १७ मा तालमेल र एकताको घोषणा भएको थियो ।

प्रकाशित: २ कार्तिक २०७४ १६:२६ बिहीबार

समाजवादको सन्देश प्रवाह गरौं अध्यक्ष दाहाल