राजनीति

समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ: उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्रै समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताएकी छिन्।

आज अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले एमालेले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताइन।

उनले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु नभएको भन्दै एकै रथको दुई पाङ्ग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिइन। उपप्रमुख डङ्गोलले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरूलाई राजनीतिमा अघि सार्नुपर्ने बताइन।

उनले पार्टीका हरेक सङ्गठनहरूमा युवाहरूलाई तयार पार्दै लैजानुपर्ने बताउनु भयो। उनले राजनीतिमा आउने युवाहरूले पेसालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताइन।पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरिन।

प्रकाशित: ५ आश्विन २०८० १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App