राजनीति

निचगढ नगरपालिकाको मेयरमा कांग्रेसका खानाल विजयी

निजगढ नगरपालिकाको प्रमुखमा विजयी भएका नेपाली काँग्रेसका सुरेश खनाल । तस्बिर: नागरिक

बारा- निजगढ नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका उम्मेदवार बनेका सुरेश खनाल विजयी भएका छन। काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट प्रमुख पदमा साझा उम्मेदवार बनेका खनालले  एमालेका उम्मेदवारलाई ८३० मतले पराजित गर्दै विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

प्रमुख पदमा नेपाली कांग्रेसका सुरेशकुमार खनालले ७६४८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका नारायण खड्काले  ६८१८ मत प्राप्त गर्न सफल भएका हुन। 

गठबन्धनका उपप्रमुख पदका उम्मदेवार मोक्तानले ६३७३ मत मात्रै ल्याउन सफल भएका थिए भने उपमेयरमा विजय भएकी एमालेकी उम्मदेवार लिला देवी लामिछानेले ६७७३ मत ल्यायी एमालेका शाख जोगाउन सफल भएकी हुन।

यस्तै सिम्रौनगढ नगरपालिकामा नेपाली काँग्रेसका विजयशंकर यादवले प्रमुख पदमा विजयी भएका छन । राजपाका उम्मेदवार किशोर साह कलवारलाई पराजित गर्दै यादव विजयी भएका हुन । उपप्रमुखमा राजपाकी रिना देवी विजयी भएकी छिन ।

पचरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालका रमेश कुमार यादव विजयी भएका छन । यादवले राजपाका प्रमुख पदका उम्मेदवार श्याम गुप्तालाई पराजित गर्दै विजयी भएका हुन ।

उप प्रमुखमा भने राजपाकी इन्दु कुमारी विजयी भएकी छिन । त्यसै गरि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार अमिरीलाल प्रसाद प्रमुख पदमा विजयी भएका छन । उनले नेपाली काँग्रेसका रुस्तम अंसारीलाई पराजित गर्दै विजयी भएका हुन । उपप्रमुखमा संघीय समाजवादी फोरम कै कमरुन खातुन विजयी भएकी छिन । परवानीपुर गाउँपालिकामा राजपाका हरिनारायण साह प्रमुख पदमा विजयी भएका छन ।  उपप्रमुखमा राजपा कै सावित्री देवी पटेल विजयी भएकी छिन ।

 

 

 

प्रकाशित: ६ आश्विन २०७४ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App