राजनीति

अग्निसाइ कृष्णासावरणमा काँग्रेस विजयी

राजविराज-  अग्निसाइ कृष्णासावरण गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका पर्शुराम चौधरी तीन हजार ३९५ मत ल्याएर भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका दीनानाथ चौधरीले एक हजार ४५३ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा काँग्रेसकै मीना चौधरी दुई हजार ९४८ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी निशा चौधरीले एक हजार ५६२ मत प्राप्त गरिन्।

 

प्रकाशित: ६ आश्विन २०७४ १२:३६ शुक्रबार

अग्निसाइ कृष्णासावरणमा काँग्रेस