राजनीति

प्रदेश नम्बर २ मा ७३ प्रतिशत मतदान

काठमाडौं- प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको  छ।

२ नम्बर प्रदेशका ८ जिल्लामा भएको निर्वाचनमा ७३ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

सोमबार साँझ निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै छिटफुट घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले उत्साहजनकरुपमा मतदाता निर्वाचनमा सहभागि भएको बताए।

हालै गएको भीषण बाढी, डुबान र कटानको दुःखलाई सहेर भए पनि मतदाताले देखाएको व्यापक सहभागिताले लोकतन्त्रलाई सुदृढ गर्न तथा जनताको अधिकारलाई बलियो बनाउन सहयोग पुगेको यादवले बताए।  पटक पटक सरेर पनि राजनीतिक सहमति र समझदारीका साथ प्रदेश दुईको स्थानीय तह निर्वाचन जुन शान्तिपूर्ण र सौहाद्र्धपूर्ण तरिकाले सम्पन्न भएकोमा खुशी व्यक्त गरे।  यो निर्वाचनले समृद्ध भविष्यको सन्देशसमेत दिए उनले बताए।

२ नम्बर प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तह रहेका छन्। निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन्। 

 

प्रकाशित: २ आश्विन २०७४ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App