राजनीति

मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न : नेता पुन

पत्रकार सम्मेलनमा बाेल्दै नेता वर्षमान पुन ।

पाल्पा –  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताएका छन्। राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए। 

प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा शुक्रबार आयोजित पत्रकारसम्मेलनमा उनले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताएका छन्। संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ थियो । 

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उनले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताए। प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उनले दाबी गरे। 

शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताए। 

प्रकाशित: २३ भाद्र २०७४ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App