राजनीति

पार्टीको झन्डा, ब्यानर, र पोसाकबिना सार्वजनिक सुनवाइ कार्यक्रममा लामिछानेको निम्तो

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको झन्डा, ब्यानर, र पोसाकबिना सार्वजनिक सुनवाइ कार्यक्रममा उपस्थित हुन् आग्रह गरेका छन्।

उनले यही भाद्र १० गते चितवनमा हुन लागेको प्रथम सार्वजनिक सुनवाइ कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, र पोसाकबिना उपस्थित हुन आग्रह गरेका हुन्।

'हामीले उद्घोष गरे अनुसार यही भाद्र १० गते चितवनमा प्रथम सार्वजनिक सुनवाइ हुन गइरहेको छ। जनप्रतिनिधि जनता प्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सुरु हुन गइरहेको यस कार्यक्रममा सम्पूर्ण चितवनवासीले आफ्ना समस्या, गुनासो र सुझावहरू लिएर आइदिनु होला,' उनले भनेका छन्, 'यो कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।'

प्रकाशित: ७ भाद्र २०८० १२:०२ बिहीबार

रवि लामिछाने