राजनीति

सिराहाको विष्णुपुरकट्टीमा एमालेको सचिवालय बैठक

फाइल तस्बिर।

नेकपा एमालेले सचिवालय बैठक सिराहको विष्णुपुर गाउँपालिकामा गर्ने भएको छ। तत्कालिन मालेको चौथो महाधिवेश भएको विष्णुपुरकट्टी गाबिस (हालको धनगढीमाइ नगरपालिका -१४ बिष्णुपुरट्टी) मा एमालेमा भदौ ९ र १० गते सचिवालय बैठक बोलाएको हो।

एमालेले मधेश प्रदेशलाई संगठन निर्माणमा प्राथमिकता दिएको बेला चौथो महाधिवेशन भएको भूमिमा सचिवालय बैठक गर्ने निर्णय गरेको हो।

एमाले प्रचार विभाग सचिव गगन विष्टले विष्णुपुरमा सचिवालय बैठक बस्न लागेको पुष्टि गरे। कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरेको थियो।

सो महाधिवशेनले संयुक्त जन आन्दोलनसम्बन्धी स्पष्ट दृष्टिकोण अघि सार्नुका साथै नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सारेको थियो। 

त्यस महाधिवेशनले ०३९ सालमा सीपी मैनालीलाई विदा गरी महासचिव बनेका झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिवका रुपमा चयन गरेको थियो।

प्रकाशित: ३ भाद्र २०८० १२:५५ आइतबार

नेकपा एमाले