आइतबार साँझ बस्ने भनिएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ।
आज साँझ ६ बजे बस्ने भनिएको बैठक भोलि (सोमबार) बिहान साढे सात बजे बस्नेगरी स्थगित भएको हो।
बैठक सोमबार बिहान साढे सात बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्ने भएको छ।
असार ४ गते घोषणा भएको मोर्चाको बैठक यसअघि असार २३ गते बसेको थियो।
प्रकाशित: ३ भाद्र २०८० ११:३३ आइतबार