राजनीति

राजपा नेपालको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं- निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि राष्ट्रिय जनता पार्टीको पहिलो केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेदेखि बस्ने भएको छ।

केन्द्रीय समिति बैठक बस्नुअघि आगामी साउन १८ देखि २० गतेसम्म पार्टी पदाधिकारी बैठक बस्नेछ। त्यसलगत्तै साउन २१ बाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय अध्यक्ष मण्डलको शुक्रबार बसेको बैठकले गरेको थियो।

यसअघि राजपा नेपालमा एकीकृत हुनुअघि मधेस केन्द्रित ६ दलको संयुक्त बैठक बसेको थियो। एकीकरणपछि भने पार्टी केन्द्रीय समिति बैठक बस्न सकेको छैन। केन्द्रिय समितिको बैठक नबोलाइएकोमा पार्टीका शीर्ष नेता हृदयेश त्रिपाठीलगायतले असन्तुष्टि जनाउँदै साउन १५ भित्र बैठक बोलाउन माग गर्दै आएका थिए। 

प्रकाशित: ७ श्रावण २०७४ ०२:३५ शनिबार

राजपा नेपालको केन्द्रिय समिति बैठक बस्दै