राजनीति

बालुवाटारमा सभामुखसहित तीन दलको बैठक जारी

केही दिनदेखि संसदमा जारी गतिरोध हटाउने प्रयासमा गठबन्धन दलका शीर्ष नेताहरू र  सभामुखसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छलफलमा जुटेका छन्।  

संसदको अवरोध हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,  सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन्।

सभामुख घिमिरेको आह्वानमा हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निश्कर्षमा पुग्न नसकेपछि आज बिहान बस्ने गरी स्थगित भएको थियो।  

संसद्मा प्रमुख प्रतिपक्षी दल एमालेले  त्रिभूवन विमानस्थलबाट समातिएको एक क्विन्टल सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आएको छ। माग पुरा नभएको भन्दै उसले संसद् अवरोध गर्दै आएको छ।  

सोमबारको लाथगि बोलाइएको संसद् बैठक आज दिउँसो ३ बजेका लागि सारिएको छ।उता राष्ट्रियसभा बैठक्रमा पनि एमाले सांसदहरुको अवरोध कायमै छ। दुबै सदन चल्न नदिएपछि गतिरोध हटाउन सभामुखले पहल थालेका हुन्। 

प्रकाशित: २३ श्रावण २०८० ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App