राजनीति

लम्पी स्किन नियन्त्रणको माग गर्दै रास्वपाले संसदमा दर्ता गर्‍यो सार्वजनिक महत्त्वको प्रस्ताव

लम्पी स्किन नियन्त्रणको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् सचिवालयमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ।

रोगबाट २८ हजारभन्दा बढी पशुचौपाया मरेको र सरकार उदासीन बनेको भन्दै पार्टीले संसद् सचिवालयमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको हो।

रास्वपाले लम्पी स्किनबाट अहिलेसम्म के कति क्षति भएको र निवारणका लागि सरकारले कस्तो पहल लिइरहेको छ भनेर यथार्थ जानकारीको माग समेत गरेको छ।  

प्रकाशित: १६ श्रावण २०८० ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App