राजनीति

बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्बिर उपहार

काठमाडौँ –  लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ। 

बेल्जियमको सङ्घीय संसद्द्वारा त्यहाँको लुभेन सहरमा आयोजित मिड समर फेस्टिवलका अवसरमा अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले बुद्धमूर्तिलगायत उपहार प्रदान गरेको अभियानले जनाएको छ। 

अध्यक्ष आचार्यले मन्त्री गककएन्सलाई उपहार हस्तान्तरण गरेपछि लुम्बिनी विश्व शान्तिको केन्द्रको रुपमा रहेको तथा सम्पूर्ण बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको जानकारी गराए। 

बेल्जियमका सांसद इल्स वन हूफको निमन्त्रणामा अध्यक्ष आचार्य उक्त फेस्टिवलमा सहभागी हुनुभएको थियो । लुम्बिनी विकास कोषसँग सहकार्य गरेर बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्व समुदाय माझ विश्वशान्ति नगरको रुपमा स्थापित गर्ने उद्देश्यले अभियानले अन्तर्राष्ट्रिय तहमा विभिन्न कार्य गर्दै आएको छ। रासस 

प्रकाशित: २७ जेष्ठ २०७४ १०:०४ शनिबार

बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्बिर उपहार