राजनीति

कालिकोटमा 'नागरिकसँग नागरिक' अन्तर्क्रिया

कालिकोट- नेपाल रिपब्लिक मिडिया प्रा.लि.ले कालिकोट जिल्लाको विकास निर्माणको क्षेत्रमा के भईरहेको छ भन्नेबारे कालिकोटका नव निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ लगायतका  सरोकारवालासँग अन्तरक्रिया गरेको छ। त्यस क्रममा उनिहरुले जिल्लाको विकासका लागि अघि बढाउन राखेका सुझाव उनिहरुकै शब्दमा:

नगिन्द्र शाही (नेसनल) अध्यक्ष, नेकपा एमाले

वास्तमा कालिकोटका नागरिक सुनलाई सिरानीमा हालेर सुतेका छौ भन्ने लाग्छ । यहाँ जल,जंगल,जडिवुटी र जमिन छ । यसको सदुपयोग भएको छैन् । विकासको सम्भावनालाई असम्भावना छ भन्ने नियतले विकास हुन सकेको छैन् । अव नयाँ भिजन र योजना बनाउनु पर्छ । जिल्लामा विकासको गरु योजना बनाउनु पर्छ । जिल्लामा विद्युतको हिसावले हाइड्रो हब बन्ने स्रोत छ। यसका लागि विशेष योजना बनाउनु पर्छ । हाम्रो जिल्ला कर्णालीको पर्यटन गेट हो । पर्यटन क्षेत्रको हिसावले ठूलो अवसर र सम्भावना बोकेको जिल्ला हो । भुगोल अनुसारको योजना बनाउनु पर्छ । कलिकोटलाई सुन्दर र समृद्ध बनाउन पर्यटनलाई जोड दिनु पर्छ । जिल्लामा ३२ वर्षसम्म निर्माणधिन अवस्थामा रहेको विमानस्थलमा परीक्षण उडान मात्र भएको छ । अव यसलाई नियममित उडान गर्नु पर्छ । म तत्कालीन शान्ति समितीको संयोजक भएर पनि काम गरेको थिए । धेरैजसोले राहत पाए । तर अहिलेसम्म कतिपय द्धन्द्ध पीडितले अझै राहत पाएका छैनन्।

गणेशबहादुर शाही खाँडाचक्र नपा. १ वडा अध्यक्ष

कर्णाली राजमार्गमा गाडि आवतजावत गर्न समस्या छ । अहिलेसम्म पक्की पुल निर्माण भएका छैनन्। ठेकेदारको ठुला लापरबाही छ । अर्को कुरा जिल्लामा सिचाई कुलो छैन् । सिचाइ नहुँदा जग्गा बाँझो छ। राज्यले ध्यान दिएको छैन् । कृषि योग्य जमिन भए पनि पानीको अभाव छ । हाम्रो लेखतिर स्याउ फल्छ। औलमा आँप र केरा फलेको हुन्छ । सिचाइ योजना नभएका हैनन् तर अलपत्र अवस्थामा छन् ।

राजबहादुर बम (नासु) जिल्ला विकास समिती

जिल्ला विकास समितीबाट जिल्लालाई प्राप्त हुने बजेट अनुसार नै विकास भएको छ । अनुदानको बजेट न्युन भएकाले सडक,पुलपुलेसा,सिचाई योजनामा विकास भएको छैन् । सिचाई योजनाहरु भए पनि सम्पन्न भएका छैनन् । जिल्लामा न्युन बजेट आउँछ । बजेट अभावकै काराण विकासका योजना अलपत्र भएका हुन् । जिल्लामा भर्खरै सिचाई कार्यालय स्थापना भएको छ।

रुद्रप्रसाद सापकोटा (क्याम्पस प्रमुख) तिला कर्णाली बहुमुखी क्याम्पस

जिल्लाको शैक्षिक अवस्था बुज्न आउनु भएकोमा नागरिक टिमलाई धन्यबाद छ । जिल्लाको शैक्षिक अवस्था वर्तमान संरचना अनुसार आधारभुत तहदेखि माध्यामिक तहसम्म राम्रै छ । तर उच्च शिक्षाको अवस्था भन्नु पर्दा कमजोर अवस्थामा छन् । जिल्लामा ५ वटा क्याम्पस छन् । ५ वटै क्याम्पस सामुदायीक हुन् । यहाँ नागरिकको मानामुठीले चलेका छन् । उच्च शिक्षा महंगो शिक्षा हो । राज्यले कालिकोटका क्याम्पसलाई हेरेको छैन् । अहिलेसम्म आंगीक क्याम्पस हुन सकेको छैनन् । सदरमुकामको पुरानो १२ बर्ष पुगेको क्याम्पसलाई समेत आंगीक गरेको छैन् । सरकारले बजेट र निति बनाउँदा पनि कार्यान्वन गरेन । सोचेअनुसारको गुणस्तरिय शिक्षा दिन सकेका छैनौ । केपी ओली प्रधानमन्त्रीको पालामा मुलुकका ५० वटा क्याम्पसलाई आंगीक बनाउने निति तथा कार्यक्रम आए पनि अगाडि बढ्न सकेको छैन् । यसले गर्दा हामिलाई दुविदामा पारको छ । यहाँका अभिभावक, विद्यार्थी र हामिलाई राज्यले झुक्याउने काम मात्र गरेको छ । तत्काल तिला कर्णाली क्याम्पसलाई आंगीक गरिहोस् ।

नवराज कोइराला ( पूर्व सभासद) हाल नेमकिपा अध्यक्ष

सडको अवस्था नाजुक छ । जुन माम्पदन्ड थियो त्यो अनुसार बाटो बनेन । बाटो असाधै साँघुरो छ। निर्माण व्यवसायीको कमजोरी छ । पंचायतकालमा सिलान्यास गरेका योजना अझै अलपत्र छन् । यसमा सरकार र स्थानीय प्रशासनले ध्यान दिएको छैन् । जिल्लामा सिचाईको अवस्था पनि त्यस्तै छ । द्धन्द्धको वेलामा जिल्लामा रहेको सिचाइ सब डिभिजन कार्यालय सुर्खेत गएर बस्यो । सिचाइका योजना अलपत्र परका छन् । त्यसैले सिचाईको विकास भएन । अहिले जिल्लामा पुनः सिचाई कार्यालय आएको छ। जिल्लाको सिचाई क्षेत्रमा गुरु योजना बनाउनु पर्छ । नागरिकको चेतना जोगाएर विकासमा विशेष ध्यान दिनु पर्छ ।

तारा शाह ( निर्माण व्यवसायी)

जिल्लाको विकास नहुन अहिलेसम्म जनप्रतिनिधि नहुनु हो । कर्णालीमा पुल,भवनलगायतका विकासका कामा काम गर्दाको धेरै अनुभव प्राप्त गरेको छु । हाल ४२ करोडको निर्माणको जिम्मा लिएको छु । कर्णालीमा विकास नहुनको प्रमुख काराण भनेको नेपाल सरकारेका सर्वे डिजाईन फेल हुन हो । हचुवाका भरमा हतार हतारमा डिजाइन हुन्छ र सुपरभिजन पनि हुँदैन् । समयमा भुक्तानी नहुनु पनि समस्या हो । राज्यको लापरवाहीले विकास नभएको हो । अहिलेसम्म जनप्रतिनिधि नभएका काराणले पनि पुलपुलेसा र बाटो निर्माणमा समस्या आएको हो । जिल्लामा विमानस्थल छ । तर विमानस्थलमा जहाज परिक्षण उडान गरेका छौ भनेर मिडियाबाजी मात्र भयो । यसलाई नियमित उडान गर्नु पर्छ ।

हर्षबहादुर बम (सभापति) नेपाली कांग्रेस

ससस्त्र द्धन्द्धको क श्रेणीको जिल्ला हो । द्धन्द्धका काराण जिल्लामा विकास हुनसकेन् । शान्ति पछि बल्ल विकास भएको छ । २०४८ सालमा तत्कालिन गीरीजाप्रसाद कोइरालको सरकार भएको बेला सिलान्यास भएको सुर्खेत—कालिकोट हुँदै जुम्ला जाने सडकको सिलान्यास भयो । २०६३ बैशाख मा जुम्लासम्म गाडि पुग्यो । तत्कालीन सरकारको इच्छा पुरा गर्नका लागि बाटो पुगेको हो । तर बाटो पुग्नु मात्र ठूलो कुरा होइन । फराकिलो सडक छैन् । अहिलेसम्म पुलपुलेसा छैनन् । ठूला ठूला घटना सडकमा भए । सरकारले भौगलिक आधारमा योजना बनाउनु पर्थ्यो । राष्ट्रिय योजना आयोग र सिँहदरबारले कर्णालीलाई गरिब बनाएको हो । सिँहदरबारले कालिकोटको योजना सिँहदरावार भित्रै बनाएकाले विकासमा बाधा भएको हो। कर्णाली प्रत्यक्ष भुगोल र यहाँको बास्तविकता बुझेर बजेट निर्माण भएन् । हचुवाको भरमा बजेट एलोकेट भयो । अव स्थानीय तहको चुनावले नयाँ नेतृत्व पाएको छ । अव विकास गति सुस्त गर्नु हुन्न ।

डबल बोगटी (वडा अध्यक्ष ) रास्कोट नपा

राज्यको निति निर्माण तयार गर्ने स्थानमा कर्णालीको पहुँच भएन । पहुँच नभएकै काराण हामि पछाडी छौ । हिजो हामिलाई राज्यले सौत्यनी ब्यबहार गरेको थियो । अव स्थानीय निर्वाचन भएको छ । अव गाउँमा विकास हुन्छ । गाउँमा खानेपानी छैन् । भवन छैनन् । सडकको पहुँच छैन् । अव हाम्रो पालामा अवसर भन्दा पनि चुनौती धेरै जोडिएको छ । हाम्रो ठाउँमा तिन तहको भुभाग छ । लेख औल र विचको भाग छ । लेखमा स्याउ फल्छ विच भागमा आरु र अन्य फलफल हुन्छ । त्यस्तै औलतिर केरा र आँप फल्छ । विकासको सम्भावना छ । कृषि क्षेत्रको बृहत योजना बनाउनु पर्छ । समृद्ध जिल्ला बनाउन पर्यटनलाई जोड दिनुपर्छ । पहिला विकास गर्न पहुँच थिएन् । अव गाउँमा सिंहदरबार आएको छ । अरुलाई दोस दिने ठाउँ छैन । बजेट कम आए पनि त्यसलाई सहि सदुपयोग गर्नु पर्छ ।

अनिपाल शाही (पराक्रमी) के.सदस्य , नेकपा माओवादी केन्द्र

केन्द्रमुखी बजेट आउँछ । प्रनिर्भता हुने काम धेरै भयो । त्यसैले विकास हुन नसकको हो । तर विगतको तुलनामा अहिले केही विकास भएको छ । विकासमा दलिय भागभन्डा भएकाले पनि राम्रो भएन । हाम्रो अल्छी वानी पनि छ । अव मेहनत गर्न वानीको विकास गर्नु पर्छ । बजेट कम भए पनि आएको बजेटलाई लुछाचुडी र दलिय खिचातानी गर्नु भएन । केन्द्रबाट आउने बजेट सदुपयोग गर्नु पर्छ । हामि ६ नम्बर प्रदेशमा बाधिएका छौ । कर्णालीका ५ जिल्लालाई विशेष अधिकार राज्यले दिनु पर्छ । अनिमात्र विकास र समृद्धितिर जिल्ला जान्छ । जिल्लामा तमाम विद्युत उत्पादन गर्न सकिने स्रोत छ । जलस्रोतलाई सदुपयोग गर्ने हो भने देश उज्यालो गर्न सकिन्छ । केन्द्रले कर्णालीलाई हेर्ने नजर गलत । त्यसैमा कर्मचारीतन्त्रले झनै रुवाएको छ । विकासका लागि सवैको सहयोग गरेको छौ । हाल कर्णाली करिडोर निर्माणधिन छ । तर पक्की पुल निर्माण भएको छैन् । नरहरीनाथ गाउँपालिका नयाँ पलाता जस्तै विकट बनेको छ । सडक छैन् । विमानस्थल भए पनि परिक्षण उडान मात्र भएको छ ।

हिक्मतबहादुर बिष्ट (अध्यक्ष) जिल्ला बार एशोसियशन

जिल्लामा गरिबी र पछौटे पनको कुरा मात्र हुन्छ । अव यसरी प्रचार गर्नु हुँदैन । अव हामिले समृद्धिको कुरा गर्नु पर्छ । हाम्रो जिल्लाम सम्भावना धेरै छ । विकासको लागि अव सवै जागरुक हुन जरुरी छ । विकास गर्न समस्या पनि छ र सम्भावना पनि छ । समस्यालाई सामाधान गर्न भ्रष्ट्रार न्युनिकरण गर्ने हो भने विकास हुन्छ । जिल्लामा पर्यटन, उर्जा र कृषिलाई अगाडि बढाउनु पर्छ । अहिले होटल व्यवसाय बढेको छ । आन्तरिक पर्यटकहरु बढेका छन् । कालिकोट कर्णालीको मुल गेट भएकाले पर्यटन सम्भावना राम्रो छ । हाल जिल्लामा निर्माधिन विमानस्थल छ । अब नियमित उडान गर्न पर्छ । कोटवाढा विमानस्थलमा जिल्ला सदरमुकामबाट जान ५ घण्टा लाग्छ । अव पैदल हिडेर सम्भव छैन् । मान्मदेखि विमानस्थलसम्म केवलकार जोड्नु पर्छ । साथै विमानस्थल सम्म तत्काल फास्ट टर्याकमा सडक पुगाउनु पर्छ । चौतर्फी सबैले विकासको आवाज अठाउँनु पर्छ ।

विरेन्द्रबहादुर बुढा (अध्यक्ष) गैसस महासंघ

वास्तवमा कर्णालीलाई राज्यले पछि पारेको प्रष्ट नै छ । कर्णालीको विकास सिंहदरवारबाट हुन सक्दैन् । कर्णालीको विकास गर्न कर्णालीबासी नै जागरुक हुनु पर्छ । जिल्लामा सडक गूरु योजना पुरानै छन् । अव पुरानो योजनालाई नयाँ तरिकाले अगाडि बढाउनु पर्छ । जिल्लामा जल जंगल र जडिवुटी छ । यसलाई सदुपयोग गर्नु पर्छ । जल विद्युतको गरु योजना बनाउनु पर्छ । कृषिको गुरु योजना बनाउनु पर्छ । कृषिमा विकाससंगै सडकलाई विशेष ध्यान दिनु पर्छ। सडक नभएसम्म अरु विकास हुन समस्या छ । गाउँगाउँमा सडक संजाल जोड्न जरुरी देख्छु।

दमनराज बम (नागरिक अगुवा)

२०४८ सालको सम्झनामा सुर्खेतबाट भारी बोकेर कालिकोट पुगेको छु । पहिलेको तुलानामा अहिले विकास भएको छ । विगतको तरिकाले अव विकास हुँदैन । नयाँ ढंगले जानु पर्छ । सडक विकास अझै भएको छैन् । शिक्षामा गुणस्तर छैन् । गुणस्तरिय शिक्षा लागु नभएकाले सवै क्षेत्रबाट अगाडि बढ्नु पर्छ । अव सकरात्मक सोचका साथ विकास गर्न जरुरी छ । मान्छेको सोच परिर्वतन नभएसम्म विकास पनि हुन सक्दैन् । जिल्लामा विद्युत र बाटोको अभाव छ । विद्युतले ठुलो समस्या छ । जिल्लामा राष्ट्रिय विद्युत लाईन जोड्नु पर्छ । सडकले गाउँ छोएको छैन् । कृषिमा समस्या देखिएको छ । सडक पुगे किसान खुसी हुनेछन् । पार्टी भित्रको आन्तरिक लडाई बन्द गरेर विकासको प्रतिस्पर्धा हुनुपर्छ ।

निलो तिरुवा वडा सदस्य खाँडाचक्र नपा ११

जिल्लामा दलितलाई विशेष अधिकार दिनु पर्छ । स्थानीय चुनावमा प्रमुख पदमा दलितलाई समावेस गरेको भेटिएन् । दलित समुदायलाई लाभ हुने काम भएको छैन् । राज्यमा प्रत्यक्ष पहुँच पनि छैन् । अब विकास गर्न सवै क्षेत्रको सहभागीता र पहुँच हुनु पर्छ । बदालकोटमा गाडि पुगेको छैन् । सवै सरोकारवालाले चासो दिनु पर्छ । हामिले गाउँमा गर्ने काम गर्ने नै छौ । तर राज्यले गर्ने काममा कन्जुसाई गर्नु भएन् । जिल्लाको दलितको समस्या र विकासलाई जोड दिएर संचार माध्याम मार्फत प्रचार  गर्न आवश्यक छ ।

विष्णु न्यौपाने (समाचारदाता ) गोर्खा पत्र दैनिक

म विकट गाउँमा जन्मीएको मान्छे हुँ । मेरो पलाता गाउँ विकट छ । गाउँमा खानेपानी छैन् । सिचाई कुलाहरु अलपत्र अवस्थामा छन् । नानिकोटमा कालापानी सिचाई योजना छ । पंचायत कालमा आएको योजना उपभोक्ताको मागी खाने भाँडो मात्र भयो । तत्काल यो योजना खारेज गरेर नयाँ योजना सुचारु गर्न आवश्यक छ । यो योजनाले यहाँका नागरिकलाई झन गरिव बनायो । नयाँ तरिकाले विकास गर्न जरुरी छ । सिचाई कार्यालयले गाउँमा सिचाईको अवस्था के कस्तो छ भनेर बुझ्नु पर्छ ।

तुलाराम पाण्डे (अध्यक्ष) नेपाल पत्रकार महासंघ

मैले विगत १५ बर्षदेखि पत्रकारिता गर्छ । विगत द्धन्द्धको वेला पत्रकारलाई समाचार सम्प्रेसण गर्न निकै समस्या थियो । त्यति बेला समाचार संकलन गर्न जादाँ सेना र माओवादीले गोली हान्छनकी भनेर डर लाग्थ्यो । जिल्लामा संचारको विकास भएको थिएन् । एउटा समाचार पठाउन एक हप्ता पनि लाग्थ्यो । तर अहिले कर्णाली फेरिएको छ । विगत १० बर्ष भन्दा यताको तुलानामा आकास पातल जस्तै बदलिएको छ । मैले कान्तिुपरमा १५ बर्षसम्म काम गरे । यस जिल्लाको विकास निर्माणदेखि हरेक क्षेत्रको कलम चलाए । जिल्लामा थप विकास गर्न अब गाउँहरु सडकले जोडिनु पर्छ । पहिलो तुलानामा गुणात्म परिवर्तन नभए पनि संख्यात्मक तरिकाले विकासको सुचांङ्कमा परिर्वतन आएको छ । जिल्ला खुला दिशा मुक्त भएको छ । पहिले गाउँ आयो गु आयो भन्थे । तर कर्णालीकै पहिलो खुला दिशा मुक्त जिल्ला भयो । जिल्लामा कतिपय गाउँ छाउपढी मुक्त गाउँ भएका छन् ।

छायाँ सुनार (के.सदस्य) महिला मानव अधिकार रक्षक संजाल

हामिले भोगेको कुरा हो । पहिलेको तुलानामा विकास भएको छ । मानिसको चेतनामा विकास नभएसम्म अरु विकास हुँदैन् । विकासको मापदन्ड अनुसार सडक, भवनलगायतका योजनाहरुम काम भएको छैन् । कर्णाली राजमार्ग कालोपत्रे भए पनि फेरी उस्तै कची जस्तै भईसकेको छ । सडकको अवस्था एकदमै कमजोर छ । गुणस्तरीय सडक निर्माण भएन । अखाद्य वस्तु गाउँमा आउँछ । स्थानीय उत्पादनमा कमी छ । मिति हेरर खाने चलन कम छ । कृषि क्षेत्रमा समस्या उत्पन्न भएको छ । गाउँमा सडक पुगेको भए राम्रो हुन्थो । यहाँ कृषि विज्ञको आवश्यकता छ । त्यस्तो कृषि क्षेत्रको दक्ष जनशक्ति नभएकाले समस्या छ । माटो परिक्षण हुँदैन् । अर्गानिक उत्पानदको कमी छ । रैथानेवाली लोप हुँदै आएको छ । विकासका सम्भावनालाई अगाडि बढाउनु पर्छ । हाम्रो कालिकोटलाई राम्रो बनाउन सबैले लाग्नु पर्छ । जिल्लामा जातिय छुवाछुद अझै अन्त्य भएको छैन् । राज्यले दिएको ७२ प्रकारको औषधी पाइएको छैन् । अरुभन्दा त सिटामोल समेत गाउँमा पाइएको छैन् ।

तिलबहादुर शाही (महासचिव) उद्योग बाणिज्य संघ

आर्थिक अवस्था कमजोर छ । जिल्लामा उद्योगहरु छैनन् । कलकाखार्ना छैनन् । यहाँ पर्यनको ठुलो सम्भावना बोकेको जिल्ला हो । विकट पलाता क्षेत्रमा सिँउडी मात्र पाईन्छ । जंगल छैन् । अव नंगा डाँडाकाडाहरुमा विरिक्षारोपण गर्न जरुरी छ । गाउँमा सडक नपुगेकाले पनि विकास भएको छैन् । जिल्लामा व्यपारीलाई पुजीँभन्दा पनि धेरै भाँडा असुल्ने चनल छ । व्यापारीलाई भाडाँमा घर लग्नु परेमा ३—४ लाख घरभेटीले लिने गर्छन् । राज्यालाई घरवाल कर नतिरेरै घरबेटी बनेका छन् । यहाँको आर्थिक प्रगती गर्न राजस्व छल्न भएन । अहिले र पहिलेको शिक्षा र अहिलेको शिक्षामा खासै परिवर्तन भएको छैन । हुनखानेका छोरा राम्रो निजी विद्यालायमा अध्ययन गर्छन । गरिवका छोराछोरीको हालत उस्तै छ । तर शिक्षामा केहि परिवर्त त आएको छ ।  राजनीति पुहँचको आधारमा शिक्षा आर्जन गर्नु पछ ।

पुष्पराज गीरी (वडा अध्यक्ष) खाँडाचक्र नपा

एकात्मक केन्द्रिकृत शासन प्रणालीले आत्म निर्भर बनाएन । यसको न्युनिकरण भएमा मात्र परिर्वतन र विकास हुन्छ । सुशासनमुखी र पार्दशी व्यबहार हामि सबैको हुनु पर्छ । परम्परागत योजनाहरुमा परिवर्त ल्याउनु पर्छ । कागजी भन्झटिलो प्रक्रियालाई सहज बनाउनु पर्छ । हिजोको बजेट शासन प्राणाली गतिलो भएन । अव केन्द्रीकृत ढंगले बजेट वितरण गर्नु पर्छ । कृषि क्षेत्रको विकासका लागि कृषि विशेष बजेट विनियोजन गर्नु पर्छ । पुर्वाधार विकासको नाममा परिवर्तन ल्याउनु पर्छ । सडक निर्माण हुन्छ । सडक निर्माण गर्दा त्यसको नकरात्मक प्रभावलाई समेत हेर्नु पर्छ । यहाँ श्रमको सम्मान भएको छैन् । किसानलार्य खुसी पार्न श्रमको सम्मान र किनवेच गर्ने बस्तुको उचित मुल्य हुनु पर्छ । कृषि क्षेत्रले बजार पाएको छैन् ।

बिजया बिष्ट ( उपमेयर) खाँडाचक्र नपा

सर्वप्रथम नागरिक टिमलाई धन्यबाद छ । काठमाडौंबाट कालिकोटको विकासलाई जोड दिएकोमा खुसी छु । पहिलो कुरा हाम्रो सकरात्मक सोचको विकास नभएकाले विकास भएको छैन् । अर्काे कुरा एकताको आवश्यक छ । जिल्लामा भएका सवै दलको विकासमा एक मुद्दा हुनु पर्छ । हाल ११ वटा वडा भएको यस नगरपालिकामा कतिपय वडामा अझै सडक पुगेको छैन् । बाटो नपुगेकै काराण गर्भवति महिला अस्पताल आउँन पाएकी छैनन् । म उपमेयर भएकै हैसियतले म महिला,दलित र कमजोर आर्थिक अवस्था भएका नागरिकलाइ पहिलो प्राथामिकता दिने छु । जिल्लाको समग्र विकासका लागि कटिबद्ध हुने छु । जिल्लामा विद्युतको निकै अभाव छ । जिल्लामा विद्युतको राष्ट्रिय प्रशारण लाइन जोड्नु पर्छ । कालिकोटका अहिले ८२ वटा वडामा विकास गर्न पहिलो कुरा सडक र विद्युत चाहिन्छ । शिक्षा स्वास्थ्यलगायतका पुर्वाधारमा ध्यान दिने छु । २० वर्ष पछि स्थानीय तहको निर्वाचन भयो । अव हामीलाई अवसर भन्दा चुनौती धेरै छ । गाउँमा सडक पुगेको छैन् । विद्युत र खानेपानी छैन् । चौतफी जनगुनासो आएको छ । बजेटको पनि अभाव नै छ । यहाँको भुगोलको आधारमा बजेट आउनु पर्ने हो  । तर बजेट पनि न्युन छ । महिलाहरुको पीडा उस्तै छ  । विकसित ठाउँका महिला भन्दा यहाँका महिला धेरै कमजोर छन् । निर्वाचि महिला कतिपय साक्षर छैनन् । काम गर्न चुनौती छ । यहाँको विकासका लागि पर्यटन सबैभन्दा सम्भावना छ । मनाङ मुस्ता भन्दा राम्रो पर्यटन सम्भावना छ ।

प्रस्तुतीः पवित्रकुमार शाही

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७४ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App