राजनीति

प्रहरीले तथ्यहीन अडियोलाई प्रेसमा ल्यायो: आरजु राणा

नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी छिन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएका हुन्।

आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनाबद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उनले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताइन्।

उनले नेपाल प्रहरीले तथ्यहीन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले अमरेशकुमार सिंह विरुद्ध आफूले मानहानिको मुद्दा दर्ता गराएको प्रसङ्ग निकाल्दै आफूमाथि लगाइएको आरोपहरु पुष्टि गर्न चुनौती समेत दिएकी छिन्।

प्रकाशित: २५ असार २०८० १३:४९ सोमबार

आरजु राणा