राजनीति

मिटर ब्याज सम्बन्धी अध्यादेश ल्याउन रास्वपा तयार छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले  मिटर ब्याज सम्बन्धी अध्यादेश ल्याउन रास्वापा तयार रहेको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद लामिछानेले मिटर ब्याज सम्बन्धी अध्यादेश शून्य अवस्थामा पुगेको हुँदा छोटो बाटोबाट छिटो ल्याउन माग गर्दै रास्वपा त्यसको लागि तयार भएको बताएका हुन्।

उनले तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै आपत्ति पनि प्रकट गरेका छन्।

प्रकाशित: २५ असार २०८० १०:४९ सोमबार

रवि लामिछाने